महान् आत्मा गौतम बुद्धको जीवन-कथा र उपदेशहरूमा आधारित यो पुस्तक बाल-पाठकहरूको निमित्त रोचक, आकर्षक तथा प्रेरणादायक हनको साथै उनीहरूको जीवनलाई परमार्थतर्फ ढल्काउनमा पनि सहायक हुनेछ भनी हामी विश्वास राख्दछौं। यस्ता महान् आत्माहरू समय-समयमा यस धरतीमा अवतरित हुन्छन् जसको जीवन र जीवनका कर्महरू मानवको उद्धार र उत्थानको लागि समर्पित हुन्छन्। त्यस समयका मानव समाज उनीहरूका मार्गदर्शनमा हिड्दछन् अनि भविष्यका पीढ़िहरूले पनि उनीहरूबाट प्रेरणा र शिक्षा लिन्छन्।
श्री सतपालजी महाराजको निर्देशनमा मानव उत्थान सेवा समितिले प्राचीन ऋषिहरू, महापुरुषहरू र सन्त-महात्माहरूका जीवनका संक्षिप्त कथाहरू सुन्दर र रोचक शैलीमा प्रकाशित गर्ने काम हातमा लिएको छ। त्यस बाल-पुस्तक मालाको श्रृंखलामा जति पनि पुस्तकहरू अहिलेसम्म (हिन्दी भाषामा) प्रकाशित भइसकेका छन्, ती सबैको लोकप्रियतालाई देखेर यो "बन्द गरौं दुःखको ढोका" शीर्षकको साथै महात्मा बुद्धको कथा प्रथमपल्ट नेपाली भाषामा बाल-पुस्तक माला श्रृंखलाको प्रथम पुस्तकको रूपमा प्रस्तुत गरिदैछ।
Send as free online greeting card
Email a Friend
Manage Wishlist